कर्णालीमा विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न माओवादीको अपिल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेसँगै नेकपा माओवादी केन्द्रले विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न अपिल गरेको छ ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक सीता कुमारी नेपालीले बिहीबार एक अपिल जारी गर्दै आफ्नो दलले प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गरेको जानकारी समेत गराएकी छन् । कर्णाली प्रदेश सभाको बैठक बैशाख ३ गते बस्दैछ ।
‘कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्युको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सवै राजनीतिक दल र सम्वद्ध माननीय सदस्यज्युहरुमा हार्दिक अपिल गर्दछु’ नेपालीले जारी गरेको अपीलमा भनिएको छ ।
नेपालीले एमालेले चालेको कदमले कर्णालीको विकास र समृद्धिको जन अपेक्षामा कुठाराघात हुने समेत दाबी गरेकी छन् । संसदमा व्यक्त सार्वजनिक प्रतिबद्धता विपरित केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा एमालेद्वारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ’ उनले भनेकी छन्, ‘जुन कदमले जन अपेक्षामा कुठाराघात हुने निश्चित छ ।’
अपिलमा भनिएको छ, ‘सबै क्षेत्रले पछि परेको कर्णालीको विकास र समृद्धिको पक्षमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरु एकताबद्ध रही आएको तथ्य स्पष्ट छ । विकास र समृद्धिको कुरामा कोही पनि पक्ष विपक्षमा विभाजित नहुने प्रतिवद्धता प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सम्बद्ध सबै सांसदले पटक–पटक गर्दै आएका र्छाैँ ।’
साथै उनले प्रदेश सरकार सुरुवात देखिनै कर्णालीवासीको भावना बमोजिम तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यमा इमान्दारीताका साथ लागिरहेको कुरा जानकारी गराएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण