फाइजरका मालिकले भने- ‘खोपको तेस्रो डोज आवश्यक पर्नसक्छ’
शुक्रबार, ०३ वैशाख २०७८, १३ : ४७
एजेन्सी । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी फाइजरका मालिक अल्बर्ट बोउर्लाले मानिसहरुलाई खोपको तेस्रो डोज आवश्यक पर्न सक्ने बताएका छन् । ५९ वर्षीय बोउर्लाले भने– ‘यहाँ पोलियोजस्ता खोप छन्, जसको एक डोज नै काफी हुन्छ । यहाँ फ्लुजस्ता खोप पनि छन्, जसलाई वर्षेनी लगाउनुपर्छ ।’ दुुई डोज लगाइसकेको ६ वा १२ महिनापछि प्रतिरोध क्षमता बढाउनका लागि तेस्रो डोज लगाउनुपर्ने हुनसक्ने तर्क उनले गरे । ‘कोभिड १९ भाइरस पोलियो भाइरस होइन, इन्फ्लुएन्जा जस्तो प्रकृतिको देखिन्छ ।’
बेलायतमा भारतीय स्वरूपको कोरोनाका ७७ वटा संक्रमणका घटना पहिचान भएपछि उनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो, इङ्ल्यान्डमा ७३ जना र वेल्समा चारजनामा यस्तो देखिएको छ । यससँगै बेलायतमा नयाँ स्वरूपको भाइरस फैलने त्रास बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण