फाइजरका मालिकले भने- ‘खोपको तेस्रो डोज आवश्यक पर्नसक्छ’
शुक्रबार, ०३ वैशाख २०७८, १३ : ४७
एजेन्सी । कोरोनाविरुद्धको खोप निर्माता कम्पनी फाइजरका मालिक अल्बर्ट बोउर्लाले मानिसहरुलाई खोपको तेस्रो डोज आवश्यक पर्न सक्ने बताएका छन् । ५९ वर्षीय बोउर्लाले भने– ‘यहाँ पोलियोजस्ता खोप छन्, जसको एक डोज नै काफी हुन्छ । यहाँ फ्लुजस्ता खोप पनि छन्, जसलाई वर्षेनी लगाउनुपर्छ ।’ दुुई डोज लगाइसकेको ६ वा १२ महिनापछि प्रतिरोध क्षमता बढाउनका लागि तेस्रो डोज लगाउनुपर्ने हुनसक्ने तर्क उनले गरे । ‘कोभिड १९ भाइरस पोलियो भाइरस होइन, इन्फ्लुएन्जा जस्तो प्रकृतिको देखिन्छ ।’
बेलायतमा भारतीय स्वरूपको कोरोनाका ७७ वटा संक्रमणका घटना पहिचान भएपछि उनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो, इङ्ल्यान्डमा ७३ जना र वेल्समा चारजनामा यस्तो देखिएको छ । यससँगै बेलायतमा नयाँ स्वरूपको भाइरस फैलने त्रास बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचना बेच्ने राष्ट्रघातीलाई कारबाही नगरे रविलाई नै प्रधानमन्त्रीले कारबाही गर्नुपर्छ : मैनाली
-
कर्णाली प्रदेशमा हाप्किडो राष्ट्रिय प्रतियोगिता
-
जर्मनीमा काठमाडौँ किकर्स च्याम्पियन
-
कर्णालीको नयाँ बजेटबारे निजी क्षेत्रको अपेक्षा के छ ?
-
कोशीका चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान
-
भन्सार छलीका सामानसहित ट्रक प्रहरी नियन्त्रणमा