आइपिएल : कोलकातालाई पराजित गर्दै बेंगलोर शीर्ष स्थानमा
चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार पहिलो खेलमा कोलकाता नाइट राइडर्समाथि रोयल च्यालेन्जर बैंगलोरले महत्त्वपूर्ण जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । कोलकातालाई बेंगलोरले ३८ रनले पराजित गरेको हो ।
चेन्नइमा भएको खेलमा रोयल च्यालेन्जर बेंगलोरले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६६ रनमात्र बनाउन सक्यो ।
कोलकाताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाएका थिए । यस्तै, इयान मोर्गनले २९, शाकिब अल हसनले २६ र राहुल त्रिपाठीले २५ रन बनाए । जारी प्रतियोगितामा बेंगलोरको यो लगातार तेस्रो जित हो । बेंगलोरका लागि केल जेम्सनले तीन विकेट लिए भने हर्षल पटेल र युजवेन्द्र चहलले दुईदुई विकेट लिए ।
यसअघि बेंग्लोरका प्रारम्भिक ब्याट्सम्यानहरु क्रिजमा धेरैबेर टिक्न नसके पनि मध्यक्रममा ग्लेन म्याक्सवेल र एबी डेभिलियर्सले टिमको स्कोरलाई दुई सय पार गर्न महत्त्वपूर्ण योगदान गरेका थिए ।
विस्फोटक ब्याटिङ गर्ने क्रममा म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ७८ रन बनाए भने डेभिलियर्सले ३४ बलमै ९ चौका र ३ छक्का प्रहार गर्दै ७६ रन बनाएर अविजित रहे ।
प्रारम्भिक ब्याट्सम्यान तथा कप्तान विराट कोहलीले ५ रनमात्र बनाए भने देवदत्त पाडिक्कलले २५ रन बनाए । कोलकाताका लागि वरुण चक्रवर्तीले दुई विकेट लिए भने पाट कमिन्स र प्रशिद्ध कृष्णाले एक÷एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण