खोटाङको केपीलासगढी र काभ्रेको धुलिखेलमा केएमसीको स्वास्थ्य शिविरः २३ सय बिरामी लाभान्वित
विराटनगर । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको केपीलासगढी र काभ्रेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
केपीलासगढीमा दुई र काभ्रेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । केपिलासगढीमा १ हजार १ सय ६४ र धुलिखेलमा १ हजार १ सय ४५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।
केपीलासगढी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी वाक्सिलासँग सहकार्य गरी केपीलासगढी गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा शिविर गरिएको हो । शिविरमा २१३ जनाको भिडियो एक्सरे, २०१ जनाको ल्याब टेष्ट र १२५ जनाको इसीजी गरिएको छ । दाँतमा समस्या भएका २१ जनाको दाँत निकालिएको छ ।
यता, धुलिखेलमा भएको शिविरमा २१६ जनाको भिडियो एक्सरे, १९७ जनाको ल्याब टेष्ट र १९५ जनाको इसीजी गरिएको केएमसीले जनाएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण