मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

खोटाङको केपीलासगढी र काभ्रेको धुलिखेलमा केएमसीको स्वास्थ्य शिविरः २३ सय बिरामी लाभान्वित

मङ्गलबार, ०७ वैशाख २०७८, १२ : ११
मङ्गलबार, ०७ वैशाख २०७८

विराटनगर । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले खोटाङको केपीलासगढी र काभ्रेको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

केपीलासगढीमा दुई र काभ्रेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । केपिलासगढीमा १ हजार १ सय ६४ र धुलिखेलमा १ हजार १ सय ४५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

केपीलासगढी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी वाक्सिलासँग सहकार्य गरी केपीलासगढी गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा शिविर गरिएको हो । शिविरमा २१३ जनाको भिडियो एक्सरे, २०१ जनाको ल्याब टेष्ट र १२५ जनाको इसीजी गरिएको छ । दाँतमा समस्या भएका २१ जनाको दाँत निकालिएको छ ।

यता, धुलिखेलमा भएको शिविरमा २१६ जनाको भिडियो एक्सरे, १९७ जनाको ल्याब टेष्ट र १९५ जनाको इसीजी गरिएको केएमसीले जनाएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको अस्पतालले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप