पोखरामा डिस्को र दोहोरी सञ्चालनमा बन्देज
पोखरा । कोरोना भाइरसको संक्रमण तीब्र बन्दै गएपछि कास्की प्रशासनले सार्वजनिक ठाउँमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै कोरोना नियन्त्रणका लागि पोखरा क्षेत्रका विद्यालय, सिनेमा हल, डान्सबार, डिस्को, दोहोरी, खेल गतिविधि जस्ता भीडभाड हुने स्थानहरु बन्द गर्न आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी १७ बुँदे आदेशमा पालना नगरेमा कारवाही गरिने जानकारी गराइएको छ । यस्तै सार्वजनिक यातायात, आन्तरिक हवाई उडान, होटल रेष्टुरेण्ट लगायतलाई छुट्टाछुट्टै मापदण्ड तयार गरिएको छ । कार्यालय, पसल, यातायात लगायतमा हिँड्दा अनिवार्य माक्स प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
पोखरामा रहेका विभिन्न मठ मन्दिरहरूमा नित्य कर्मका लागि मात्र पूजाआजा गर्ने र सर्वसाधारणका लागि भने बन्देज लगाइएको छ । यदि माक्स प्रयोग नगरि आएका सेवाग्राही वा यात्रुलाई १० रुपैयाँ लिएर माक्स लगाउन लगाई सेवा दिन समेत भनिएको छ । त्यसै गरी कुनै पनि विषेश समारोहमा २५ जनाभन्दा बढी भेला हुन नपाउने र सहभागी हुनै परे २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने उल्लेख छ । होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण