आइपिएल : मुम्बईविरुद्ध दिल्लीको महत्त्वपूर्ण जित
चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलबार साविक विजेता मुम्बई इन्डियन्सलाई दिल्ली क्यापिटल्सले पराजित गरेको छ । १३८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले पाँच बल बाँकी रहँदै ६ विकेटको जित हासिल गरेको हो । दिल्ली क्यापिटल्सका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाए भने स्टिभन स्मिथले ३३, ललित यादवले २२ रन बनाए ।
मुम्बईका तर्फबाट जयन्त यादव, जसपित बुमराह, राहुल चहर र किरन पोलार्डले एक÷एक विकेट लिएका थिए । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले १३७ रन बनाएको थियो । यो योगफलमा पुग्न मुम्बईले आफ्ना ९ विकेट गुमाएको थियो ।
मुम्बईका लागि क्याप्टेन रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । त्यस अतिरिक्त इशान किशनले २६, सुर्यकुमार यादवले २४, जयन्त यादवले २३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा योगदान गर्न सकेनन् ।
मुम्बईलाई सस्तोमै समेट्नका लागि दिल्ली क्यापिटल्सका बलर अमित मिश्राले चार ओभरमा २४ रन खर्चिएर महत्त्वपूर्ण चार विकेट लिए । यस्तै अवेश खानले दुई तथा मर्कोस स्टोइनिस, कसिगो रबाडा र ललित यादवले एक÷एक विकेट लिए ।
जितसँगै दिल्ली क्यापिटल्स चार खेलमा तीन जितका साथ अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने चार खेलमा दुई जित र दुई पराजयका साथ मुम्बई इन्डियन्स चौथो नम्बरमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण