मन्त्रालयले सच्यायो कोरोनाबाट मृत्यु हुनेको गलत तथ्याङ्क
सोमबार, १३ वैशाख २०७८, १५ : १६
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको गलत तथ्याङ्क सच्याएको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत राखेको मृतकहरुको गलत तथ्याङ्कलाई सच्याएको हो ।
मन्त्रालयले यसअघि बागमती प्रदेशमा देशभर कोरोनाका कारण मृत्यु हुनेको तथ्याङ्कभन्दा तीन गुण बढी व्यक्तिको मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो । मन्त्रालयले प्रदेशभर हालसम्म १० हजार ५ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो ।
बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १ हजार ६८ जनाको मृत्यु भएको छ भने देशभर ३ हजार १ सय ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले दैनिक रुपमा कोरोना संक्रमणको प्रतिवेदन सार्वजनिक गरी आफ्नो वेबसाइटमा समेत सार्वजनिक गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार