मन्त्रालयले सच्यायो कोरोनाबाट मृत्यु हुनेको गलत तथ्याङ्क
सोमबार, १३ वैशाख २०७८, १५ : १६
मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको गलत तथ्याङ्क सच्याएको छ । मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत राखेको मृतकहरुको गलत तथ्याङ्कलाई सच्याएको हो ।
मन्त्रालयले यसअघि बागमती प्रदेशमा देशभर कोरोनाका कारण मृत्यु हुनेको तथ्याङ्कभन्दा तीन गुण बढी व्यक्तिको मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो । मन्त्रालयले प्रदेशभर हालसम्म १० हजार ५ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको भनि गलत तथ्याङ्क सार्वजनिक गरेको थियो ।
बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १ हजार ६८ जनाको मृत्यु भएको छ भने देशभर ३ हजार १ सय ६४ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले दैनिक रुपमा कोरोना संक्रमणको प्रतिवेदन सार्वजनिक गरी आफ्नो वेबसाइटमा समेत सार्वजनिक गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण