अमेरिकाले अरु देशलाई खोप उपलब्ध गराउने
एजेन्सी । आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई सहयोगस्वरुप उपलब्ध गराउने बताएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकायले यस खोप सम्बन्धी सुरक्षा मूल्यांकन गरेपछि सो खोप विश्वका केही देशलाई दिने भएको ह्वाइटहाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
सो विज्ञप्तिका अनुसार अमेरिकाले करिब ६ करोड मात्राको खोप केही महिनाभित्र निर्यात गर्न सक्ने बताइएको छ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडिए) ले सो खोपलाई भने अझै पनि स्वीकृति दिएको छैन ।
विश्वका कतिपय देश र संघ–संस्थाहरुले अमेरिकाले ठूलो संख्यामा खोप राखेको बताइएको छ । यसकारण पनि अमेरिकाको आलोचना भइरेहको बताइएको छ । उता अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित नभएको बताएका छन् ।
अघिल्लो महिनामा मात्र राष्ट्रपति बाइडेनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए । यी दुई देशले भने आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् । अमेरिकाका छिमेकी देशहरु क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशले पनि अमेरिकी खोपको आपूर्तिमा पहुँच पाइयोस् भनेर अनुरोध पनि गरिरहेका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण