शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा पछिल्लो २४ घण्टामा सर्वाधिक ३ लाख ६२ हजार संक्रमित भेटिए, हालसम्म २ लाख बढीको मृत्यु

बुधबार, १५ वैशाख २०७८, ०८ : ४७
बुधबार, १५ वैशाख २०७८

भारतमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको आँकडा मंगलबार २ लाख पार भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३,२८५ मानिसको मृत्यु भएको छ । सोमबार अचानक संक्रमितको संख्या कम भएको थियो तर मंगलबार पहिलो पटक एकैदिन सर्वाधिक ३ लाख ६२ हजार ७५७ नयाँ बिरामी भेटिए ।

यो अवधिमा २ लाख ६२ हजार ३९ बिरामी निको भएका छन् । भारतमा अब सक्रिय संक्रमितको कूल संख्या २९ लाख ७२ हजार १०६ भएको छ ।

सोमबार ३ लाख १९ हजार ४ सय ६० जना संक्रमित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप