रुघाखोकीको भाइरसले मार्छ कोरोना भाइरस ?
कोरोना भाइरसको दोस्रो रुपले संसारमा त्रास फैलाइरहेको छ । विभिन्न उपायका बावजुद यसलाई नियन्त्रणमा ल्याउन सकिएको छैन । यस्तो स्थितिमा एउटा नयाँ आशा पलाएको छ । वैज्ञानिकले रुघाखोकी लगाउने रायनोभाइरस (rhinovirus ) ले शरीरमा प्रवेश गरेर कोरोनालाई परास्त गर्नसक्ने दाबी गरेका छन् । उक्त भाइरसको मद्दतले कोभिड–१९ को खतरा धेरै हदसम्म कम गर्न सकिने वैज्ञानिकले दाबी गरेका छन् । उक्त शोध विज्ञान पत्रिका 'जर्नल अफ इन्फेक्शस डिजिज' मा प्रकाशित छ ।
ग्लास्गो सेन्टर फर वायरस रिसर्चको टिमले यसबारे शोध गरेको थियो । यस प्रयोगमा एक कोशिका
को एउटा ढाँचा तयार गरिएको थियो । यस ढाँचालाई मानिसको श्वासप्रश्वास प्रणाली जस्तै काम गर्ने किसिमले बनाइएको थियो । यस ढाँचामा रुघाखोकीका लागि जिम्मेवार ठानिएको रायनोभाइरस तथा कोरोना भाइरस दुबैलाई एकै समयमा प्रवेश गराइयो ।
प्रयोगको समयमा रायनोभाइरसले कोशिकाले बनेको ढाँचामा कब्जा गरेको देखियो जसका कारण कोरोना भाइरस अप्रभावी रहेको देखियो ।
रायनोभाइरसले पनि मानिस वा अन्य पशु जस्तै काम गर्छ । जसरी हामी आफ्नो वर्चस्व बनाउनका लागी लड्छौँ र विजय हासिल गर्छौं । त्यस्तै प्रकारले भाइरस पनि होस्ट शरीरमा प्रवेश गर्नका लागि लड्छ । र अर्कोलाई नष्ट गर्नसक्ने भाइरसकै जीत हुन्छ । रुघाखोकीको भाइरस रायनोभाइरसले पनि यसैगरी काम गर्छ ।
सन् २००९ मा पनि यस्तै प्रयोग भएको थियो । जब युरोपियन देश स्वाइनफ्लुले आक्रान्त बनिरहेका थिए । त्यसबेला रुघाखोकीको मौसम थियो । यस्तोमा जो मानिसलाई रुघाखोकी लाग्यो तिनीहरु स्वाइनफ्लुबाट सुरक्षित रहेको पत्ता लाग्यो । त्यसपछि शोधमा रायनोभाइरस प्रवेश नगरेको शरीरमा मात्रै कोरोना भाइरस सक्रिय रहने निष्कर्ष निकालियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण