संसारभरी कोरोनाको आँकडा १५ करोड पारः डब्ल्यूएचओले भन्यो, ‘१७ देशमा भेटिए भाइरसको इन्डियन स्ट्रेन’
संसारभरी कोरोना संक्रमितको आँकडा १५ करोड पार भएको छ । हालसम्म १५.०२ करोडभन्दा बढी मानिसहरु कोरोनाभाइरसद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये ३१.६३ लाखभन्दा बढीको मृत्यु भएको छ जबकी १२.८२ लाख मानिसहरु कोरोना संक्रमणबाट निको भइसकेका छन् । हाल १.९३ करोड मानिसहरुको उपचार चलिरहेको छ । यीमध्ये १.९२ करोड व्यक्तिमा कोरोनाको हल्का लक्षण छन् भने १.१० लाख मानिसहरुको स्थिति गम्भीर छ ।
उता कोरोनाभाइरसको इन्डियन भेरियन्ट संसारको १७ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरी पछिल्लो हप्ता कोरोनाका ५७ लाख संक्रमित भेटिए । यो आँकडा पहिलो लहरभन्दा निकै धेरै हो । इन्डियन स्ट्रेन वा B.1.617 भेरियन्ट (डबल म्यूटेशन भेरियन्ट) का कारण भारतमा लगातार कोरोना संक्रमितको संख्या बढिरहेको छ । डब्ल्यूएएओले यसलाई भेरियन्ट अफ इन्टरेस्ट घोषित गरेको छ ।
२४ घण्टामा ८.८५ लाख संक्रमितः
पछिल्लो २४ घण्टामा संसारभरी ८ लाख ८५ हजार ६०४ संक्रमितको पहिचान भयो र १५,२८४ मानिसहरुको मृत्यु भएको छ । नयाँ संक्रमितको कुरा गर्नुपर्दा सोमबार संसारभरीबाट आएको केसको ४२ प्रतिशत संक्रमित भारतमा भेटिए । यहाँ ३ लाख ७९ हजार ४५९ मानिसहरुमा कोरोनाको पुष्टि भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण