शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा पछिल्लो २४ घण्टामा ३.९२ संक्रमित भेटिए, शुक्रबार ४ लाख बढी भेटिएका थिए

आइतबार, १९ वैशाख २०७८, ०८ : १३
आइतबार, १९ वैशाख २०७८

भारतमा शनिबार २४ घण्टामा ३ लाख ९२ हजार ५५९ नयाँ संक्रमित भेटिए । यस्तै, ३,६८४ को ज्यानसमेत गएको छ  । भारतमा कोरोनाको दोस्रो लहरका बीच पहिलो पटक निको हुने बिरामीको आँकडा ३ लाख पार भएको छ । शनिबार ३ लाख ८ हजार ५२२ बिरामी निको भएर घर फर्किएका छन् । 

यसअघि रेकर्ड स्तरको ४ लाख १ हजार ९११ नयाँ संक्रमित भेटिएका थिए । यो संसारको कुनै देशमा एकैदिन भेटिएका नयाँ संक्रमितको सबैभन्दा ठूलो संख्या हो । यतिमात्रै होइन, यो आँकडा सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका नयाँ बिरामीभन्दा सात गुणा बढी हो । त्यहाँ शुक्रबार ५८,७०० संक्रमित भेटिए । संसारभरी ८.६६ लाख नयाँ बिरामीको पहिचान भएको हो । यीमध्ये लगभग आधा ४६ प्रतिशत भारतमा मात्रै भेटिए । 

मृत्युको आँकडाबारे कुरा गर्ने हो भने संसारमा सबैभन्दा धेरै भारतमा मृत्यु भइरहेको छ । अघिल्लो दिन संसारमा कोरोनाका कारण १४,२८५ को मृत्यु भयो । यीमध्ये ३,५२१ को भारतमा मात्रै मृत्यु भएको छ । अर्थात् संसारमा पछिल्लो २४ घण्टामा भएको मृत्युमा हरेक चौथो मृत्यु भारतमा भएको छ । यहाँ सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ जहाँ ८२८ संक्रमितको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप