भारतमा पछिल्लो २४ घण्टामा ३.९२ संक्रमित भेटिए, शुक्रबार ४ लाख बढी भेटिएका थिए
भारतमा शनिबार २४ घण्टामा ३ लाख ९२ हजार ५५९ नयाँ संक्रमित भेटिए । यस्तै, ३,६८४ को ज्यानसमेत गएको छ । भारतमा कोरोनाको दोस्रो लहरका बीच पहिलो पटक निको हुने बिरामीको आँकडा ३ लाख पार भएको छ । शनिबार ३ लाख ८ हजार ५२२ बिरामी निको भएर घर फर्किएका छन् ।
यसअघि रेकर्ड स्तरको ४ लाख १ हजार ९११ नयाँ संक्रमित भेटिएका थिए । यो संसारको कुनै देशमा एकैदिन भेटिएका नयाँ संक्रमितको सबैभन्दा ठूलो संख्या हो । यतिमात्रै होइन, यो आँकडा सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका नयाँ बिरामीभन्दा सात गुणा बढी हो । त्यहाँ शुक्रबार ५८,७०० संक्रमित भेटिए । संसारभरी ८.६६ लाख नयाँ बिरामीको पहिचान भएको हो । यीमध्ये लगभग आधा ४६ प्रतिशत भारतमा मात्रै भेटिए ।
मृत्युको आँकडाबारे कुरा गर्ने हो भने संसारमा सबैभन्दा धेरै भारतमा मृत्यु भइरहेको छ । अघिल्लो दिन संसारमा कोरोनाका कारण १४,२८५ को मृत्यु भयो । यीमध्ये ३,५२१ को भारतमा मात्रै मृत्यु भएको छ । अर्थात् संसारमा पछिल्लो २४ घण्टामा भएको मृत्युमा हरेक चौथो मृत्यु भारतमा भएको छ । यहाँ सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ जहाँ ८२८ संक्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण