यो हो विश्व रेकर्ड बनाउने संसारको सबैभन्दा गह्रुङ्गो आँप, तौल ४.२५ केजी
गर्मीको मौसम आउने बित्तिकै मानिसहरुको मनमा एउटै फलको नाम आउँछ । फलको राजा – आँप । तर तपाईंले कति ठूलो आँप खानुभएको छ । धेरै ठूलो आँप खानु भएको भएपनि त्यो मुश्किलले एक किलोग्रामको होला । तर सरकारको सबैभन्दा गह्रुङ्गो आँप ४.२५ किलोग्रामको छ । यसको नाम गिनिज वर्ल्ड रेकर्डमा समावेश गरिएको छ । आउनुहोस् यो शानदार आँपबारे जानकारी लिऔंः
यो आँपलाई कोलम्बियामा गुआयातास्थित स्यान मार्टिन फार्ममा फलाइएको हो । यो फार्मका मालिक हुन् किसान दम्पत्ति जर्मन ओरल्याण्ड नोवोआ बरेरा र उनकी श्रीमती रीना मारिया मारोक्विनले मिलेर फलाएका थिए । उनीहरुले सबैभन्दा गह्रुङ्गो आँप फलाएको रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड फिलिपिन्सको नाममा थियो । जहाँ ३.४३५ किलोग्रामको आँप फलाइएको थियो । यो कुरा सन् २००९ को हो ।
जर्मन अरल्याण्डोले उक्त आँप देख्दा आफू नै अचम्ममा परेको बताए । किनभने यसको तौल ४.२५ किलोग्राम छ । यो आँप त्यही रुखमा फलेका अन्य आँपको तुलनामा निकै तीब्र गतिमा बढिरहेको थियो । यो कुराले दुबैले आफ्ना छोरी डेबेजीलाई बताए । डेबेजीले इन्टरनेटमा सबैभन्दा गह्रुङ्गो आँपबारे खोज्दा यो रेकर्ड फिलिपिन्सको नाममा भएको पाए । कोलम्बियाको आँपको माथिल्लो भाग स्याउजस्तो रातो छ ।
This mango is MASSIVE!
— Guinness World Records (@GWR) April 30, 2021
जर्मनले संसारको सबैभन्दा भारी आँपको गिनिज वर्ल्ड रेकर्डमार्फत् कोलम्बियाका मानिसहरु मिहिनेती हुन्छन् भनेर बताउन चाहेको बताए । उनले थपे, ‘कोलम्बियाका मानिसहरु आफ्ना देश, आफ्नो जमिन, खेतीसँग प्रेम गर्छन् । हामी थुप्रै फलफूल फलाउँछौं । कोरोना महामारीका बेला आँपको यो खबरले दुःखी र तनावमा भएका मानिसहरुको मनमा थोरै खुसी पलाउनेछ । यसले उनीहरुलाई रोगबाट बाहिर निस्कन मद्दत मिल्नेछ ।’
गिनिज बुकमा नाम आएपछि पूरा परिवारले मिलेर आँपलाई काटेर खुसी मनाउँदै खाए । साथै, गिनिज टिमका सदस्यलाई पनि खुवाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण