ए वर्गका निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न दिने सरकारको निर्णय
आइतबार, १९ वैशाख २०७८, १८ : १८
काठमाडौं । सरकारले यसअघि निजी प्रयोगशालाहरूमाथि पिसिआर परीक्षण गर्न रोक लगाएकोमा अब खुकुलो नीति अवलम्बन गरेको छ । अबदेखि ए वर्गका प्रयोगशालाहरूले पनि पिसिआर जाँच गर्न पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित रहेका पिसिआर र ए वर्गका प्रयोगशालाहरूले पिसिआर परीक्षण गराउने व्यवस्था मिलाइने भनेको छ ।
यसअघि सरकारी अस्पताल र केही निश्चित निजी अस्पताललाई मात्र पिसिआर परीक्षणको अनुमति दिइएको थियो । सरकारको यस्तो नीतिप्रति निजी प्रयोगशालाहरूले आपत्ति जनाउँदै आएका थिए ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीका अनुसार ती प्रयोगशालाहरूले पिसिआर जाँचका लागि सातै दिन नमूना लिने व्यवस्था मिलाउनुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण