बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ए वर्गका निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न दिने सरकारको निर्णय

आइतबार, १९ वैशाख २०७८, १८ : १८
आइतबार, १९ वैशाख २०७८

काठमाडौं । सरकारले यसअघि निजी प्रयोगशालाहरूमाथि पिसिआर परीक्षण गर्न रोक लगाएकोमा अब खुकुलो नीति अवलम्बन गरेको छ । अबदेखि ए वर्गका प्रयोगशालाहरूले पनि पिसिआर जाँच गर्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै न्यूनतम १०० बेड भएका अस्पतालमा आधारित रहेका पिसिआर र ए वर्गका प्रयोगशालाहरूले पिसिआर परीक्षण गराउने व्यवस्था मिलाइने भनेको छ ।

यसअघि सरकारी अस्पताल र केही निश्चित निजी अस्पताललाई मात्र पिसिआर परीक्षणको अनुमति दिइएको थियो । सरकारको यस्तो नीतिप्रति निजी प्रयोगशालाहरूले आपत्ति जनाउँदै आएका थिए ।

 स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर कुमार अधिकारीका अनुसार ती प्रयोगशालाहरूले पिसिआर जाँचका लागि सातै दिन नमूना लिने व्यवस्था मिलाउनुपर्ने छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप