कोरोना कहर : पशुपतिमा विवशता, चित्कार र रोदन
नेपालमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहेको छ । निषेधाज्ञा जारी गरेपनि संक्रमितको संख्या घट्नुको साटो दिनानुदिन बढ्दो छ । संक्रमित मात्रै होइन, मृतकको संख्यामा पनि वृद्धि भइरहेको छ । स्थिति निकै भयावह छ ।
जनताको अभिभावकत्व ग्रहण गर्नुपर्ने सरकार भने यस्तो महामारीका बेला आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । गएको साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या आकासिएको भन्दै अहिलेको संयन्त्रले थप बिरामीलाई अस्पतालमा उपचार गराउन नसक्ने भन्दै लज्जास्पद विज्ञप्ति निकाल्यो ।
आखिर जनता कहाँ जाने ? सकस पर्दा अस्पतालमा शैय्या छैन, सास फेर्न गाह्रो हुँदा अक्सिजनको सिलिन्डर छैन । राहत प्रदान गरिदिने औषधी छैनन् ।
कोरोनाका कारण ज्यान गुमाएका आफन्तलाई अन्तिम पटक अँगालो हाल्न नपाउँदा, अन्तिम पटक ‘दर्शन’ गर्न नपाउँदा, टाढैबाट अन्तिम संस्कार गर्नुपर्दा, टमक्क बेह्रिएको आफन्तको शवलाई एउटा निश्चित परिधिभित्र रहेर अरु कसैले डोहोर्‍याइरहेको नियाल्दा, छाती कति चिरिन्छ, हेर्नेलाई के थाहा ? त्यो त भोग्नेलाई थाहा हुन्छ । खुकुरीको चोट अचानोलाई जो थाहा हुन्छ ।
यस्तै, यहाँ पशुपती परिसरमा आफ्नालाई अन्तिम पटक विदाई गर्न आएका आफन्तको लाचारीपन, विवशता, चित्कार र रोदन देख्न सकिन्छ ।























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण