गर्भवती भएको थाहै थिएन, उडिरहेको विमानभित्र अचानक जन्माइन् छोरा
अमेरिकाको उटाहकी एक महिलाले विमानमार्फत् सल्ट लेक सिटीबाट होनोलुलु यात्रा गर्ने क्रममा जीवनकै बहुमूल्य उपहार प्राप्त गरेकी छिन् जब उनी अचानक प्रसव पीडामा पुगिन् र बच्चा जन्माइन् त्यो पनि गर्भवती भएको बारे कुनै जानकारी नै नभई ।
डेलीमेलका अनुसार लाभिनिया मौङ्गा आफ्ना परिवारसहित बुधबार हवाईको यात्रामा निस्किएकी थिइन् । त्यतिबेला उनलाई अचानक सुत्केरी व्यथाले गाँज्यो ।
‘असाध्यै उत्साहित र खुसी,’ उनले शनिबार ट्वीट गरिन् ।
उनले उडान भर्ने दिन बिहान ट्वीट गरेकी थिइन्, ‘हे, लौ जाऔं है ।’
मौङ्गाको यो कथा विमानमा रहेकी एक यात्री जुलिया हान्सेनले टिकटकमा एउटा भिडियो हालेपछि भाइरल भएको हो । जुलियाले भिडियोमा लेखेकी थिइन्, ‘यो विमानभित्र भर्खरै एक बच्चाको जन्म भएको छ ।’
डेल्टा फ्लाइटमा भएका अन्य यात्रीले ती महिलालाई विमानभित्र बच्चा जन्माएकोमा बधाई दिएको फुटेज पनि सार्वजनिक भएका छन् ।
पछि चालक दलका एक सदस्यले विमानको इन्टरकममा एक यात्रीलाई स्वास्थ्य सहायता आवश्यक परेकोले भन्दै अन्य यात्रीलाई आफ्नै सिटमा बसिरहन आग्रह गरेको सुन्न सकिन्छ ।
हान्सेनले थपिन्, ‘गर्भावस्थाको तेस्रो त्रैमासिकमा पनि उनलाई किन विमान यात्रामा अनुमति दिइयो भन्ने धेरैलाई लागिरहेको होला । म उनको बुवाको ठ्याक्कै अघि बसेकी थिएँ र उनले भने, ‘छोरी गर्भवती भएको हामीहरुलाई पनि थाहा थिएन ।’’
लानी बामफिल्ड, कान्सास सिटीकी नर्सले आफ्नो फेसबुक पोष्टमा लेखिन्, ‘हवाईको यात्रा कस्तो भयो भनेर हामीलाई सोध्नेहरुका लागि यो भन्न चाहन्छु ।’
‘हामीले २६–२७ हप्ताको बच्चालाई विमानको बाथरुममा, समुद्रको बीचमा, तीनजना एनआईसीयू नर्स र फिजिसियनको सहयोगमा बच्चा जन्मायौं । अवतरण हुनु तीन घण्टा अघि नै बच्चा जन्मिएता पनि आमा र बच्चाको स्थिति निकै राम्रो थियो ।’
‘यत्तिका माथि पनि भगवान हाम्रो साथमा पक्कै हुनुहुन्थ्यो ।’
निकै चकित ती आमाले आफ्नो छोराको नाम रोमन्ड काइमाना वेड कोब लाभाकी मौङ्गा राखेकी छिन् । उनीहरु दुबैलाई होनोलुलुमा अवतरण भएपछि अस्पताल लगिएको छ ।
ती बच्चाका पिता इथान मागालेइले फेसबुकमा छोरा जन्मिएको खबरले आफू निकै उत्साहित भएको र रेमन्डको आगमनलाई चमत्कारको संज्ञा दिएका छन् ।
उनले बच्चा जन्माउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् र आफू सम्भवतः उत्कृष्ट पिता हुने आशा राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण