कर्णालीमा थपिए ५२७ कोरोनाका संक्रमित, ५ जनाको मृत्यु
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५ सय २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आरटिपिसिआर विधिबाट गरिएको परीक्षणमा ३ सय ४७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १८० जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये आरटी पीसीआर विधिबाट गरिएको परीक्षणमा सुर्खेतका २ सय ३५ जना, दैलेखका १५ जना; कालिकोटका ३ जना; जुम्लाका १३ जना, मुगुका १ जना; सल्यानका ५३ जना, रुकुम पश्चिमका १ जना, जाजरकोटका ७ जना, हुम्लाका २ जना र अन्य प्रदेशका १७ जना रहेका प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी नोदनारयण चौधरीकाअनुसार १० जिल्लामध्ये कर्णालीमा नौ जिल्लामा कोरोना संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सुर्खेतका २७, दैलेखका २६, सल्यानका ३६, रुकुम पश्चिमका ४९, कालिकोटका ३४, डोल्पा ८ जनामा संक्रमण देखिएको छ ।
२४ घण्टाको अवधिमा आरटिपिसिआर विधिबाट ५ सय ८१ र एन्टिजेन विधिबाट ४ सय ४२ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घन्टामा २० जना डिस्चार्ज भएका छन् । हाल प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा ४ सय ५७ जना रहेका छन् ।
५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कर्णालीमा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका १२ का ३५ वर्षीय पुरुषको दैलेख अस्पतालमा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ का ५२ बर्षीय पुरुष, चिङ्गाड गाउँपालिका २ का २६ वर्षीय पुरुष, लेक बेसी नगरपालिका १० का ४० वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका ७ की ६३ वर्षीय महिलाको प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो ।
मृत्यु भएकामध्ये दुई जनाको एन्टिजेन र ३ जनाको आरटी पीसिआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । यो सँगै कर्णालीमा मृतकको संख्या ५९ पुगेको निर्देशनालयका निर्देशन रविन खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण