भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए, यो अमेरिकामा भेटिएका नयाँ संक्रमितभन्दा ९ गुणा बढी
भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।
यता कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन् । यो पनि एक रेकर्ड हो ।
भारतमा कोरोना महामारीको आँकडाः
पछिल्लो २४ घण्टामा कूल नयाँ संक्रमितः ३.८२ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,७८३
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.३७ लाख
हालसम्म भेटिएका कोरोना संक्रमितः २.०६ करोड
हालसम्म निको भएकाः १.६९ करोड
हालसम्म कूल मृत्युः २.२६ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३४.८४ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण