मालीकी २५ वर्षीया महिलाले एकैपटक जन्माइन् ९ सन्तान
मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।
मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ ।
सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट गरेको थियो । जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले सरकारी कोषबाटै खर्च व्यवहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए, जहाँ उनले पाँच छोरी र चार छोरा जन्माएकी छिन् ।
‘आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,’ मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले एजेन्से फ्रान्से प्रेसे बताइन् । सिसेसँगै मालीबाट मोरोक्को पुगेका मालीका डाक्टरले उनीबारे थप जानकारी प्रदान गरिरहेको उनले बताए ।
उनीहरु थुप्रै हप्तापछि मात्रै घर फर्कने स्वास्थ्यमन्त्रीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण