भारत-अमेरिका यात्रा प्रतिबन्ध : कैयौँ भारतीय अमेरिकी नागरिक छुटिन बाध्य
एजेन्सी । भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् ।
भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ । यात्रा प्रतिबन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् ।
विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको दुखेसो व्यक्त गरेका छन् । विषेश गरेर कमाउनका लागि घरपरिवार छोडेर बाहिर गएका नागरिक अहिले आफ्ना परिवारसँगै बस्न नपाएका हुन् ।
भारतबाट अमेरिका आउन नपाइने आदेश राष्ट्रपति जो बाइडेनले गत अप्रिल ३० मा जारी गरेका थिए भने सो आदेश यही मे ४ देखि लागु भएको छ । यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म लागू हुन्छ भन्ने एकिन भएको छैन । अनिश्चितकालका लागि लागू भएकाले पनि छुट्टिएकामा थप पीडा र अन्यौलता देखिएको पाइएको छ ।
अचानक अनिश्चितकालका लागि छुट्टिएर बस्नु परेकामध्ये कतिपयलाई अत्यावश्यक सामग्री समेतको समस्या हुनसक्ने चिन्ता धेरैमा देखिएको अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण