भारतका पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको कोरोनाका कारण मृत्यु
भारतको राष्ट्रिय लोकदल (आरएलडी) का प्रमुख र पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको बिहिबार बिहान निधन भएको छ । ८२ वर्षका चौधरी अजित सिंहले गुडगावको एक नीजि अस्पतालमा अन्तिम सास फेरे । उनी २० अप्रिलदेखि कोरोनाद्वारा संक्रमित थिए । फोक्सोमा संक्रमण भएका कारण उनलाई निमोनिया भएको थियो । पछिल्लो दुई दिनदेखि उनको स्थिति गम्भीर थियो । उनका छोरा चौधरी जयंत सिंहले सोसल मिडियामा यसको जानकारी दिए ।
जाट समुदायका ठूला नेता थिए चौधरी अजित सिंहः
अजित सिंहको दबदबा पश्चिमी उत्तर प्रदेशमा निकै धेरै थियो । उनी जाट समुदायका ठूला नेता मानिन्थे । उनी थुप्रै पटक केन्द्रीय मन्त्री पनि रहेका थिए । तर पछिल्लो २ लोकसभा चुनाव र २ विधानसभा चुनावका बेला राष्ट्रिय लोकदलको ग्राफ तीब्र रुपमा खस्कियो । यसै कारण अजितले लोकसभा चुनाव हारेका थिए । अजित सिंहका छोरा जयन्त चौधरीले पनि मथुरा लोकसभा सिटबाट चुनाव हारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण