ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा गोली हानाहान, २५ जनाको मृत्यु
एजेन्सी । ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ । स्थानीय मिडियाहरुलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा बिहीबार भएको सो गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भएको हो । रियो दि जेनेरियो शहरको जकारेजिन्हो क्षेत्रस्थित झुग्गी बस्तीमा भएको प्रहरी अप्रेशनका क्रममा सो घटना भएको थियो । सो क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अप्रशेन सुरु गरिएको थियो ।
गोली हानहानका क्रममा मेट्रो रेलमा सवार दुई यात्रु समेत घाइते भएका छन् । घटनामा प्रहरी इन्स्पेक्टर आंद्रे लियोनार्डो दी मेलो फ्रायसको मृत्यु भएको छ । रियो दि जेनेरियो ब्राजिलको सबैभन्दा हिंस्रक राज्यहरु मध्ये एक हो । यसका अधिकांश क्षेत्र अपराधीहरूको नियन्त्रणमा रहेका छन् । तीमध्ये धेरै क्षेत्रमा ड्रग्स तस्करी गर्ने समूहको प्रभाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण