राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाको उम्मेदवारी दर्ता
राष्ट्रिय सभाको सदस्य पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जसपा नेपालको उपेन्द्र यादव पक्षको साझा उम्मेदवारका रुपमा देवकोटाले शुक्रबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उम्मेदवारी दर्ता गराएका हुन् ।
देवकोटाको मनोनयन दर्ताका लागि नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, ओम ग्लानलगायतका नेताहरु निर्वाचन कार्यालयमा पुगेका थिए ।
रामबहादुर थापा ‘बादल’लाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो ।
बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपा एमालेको तर्फबाट भने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी मनोनयन दर्ता गर्ने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए । बादल उम्मेदवारी दर्ताका लागि हेटौँडा आउँदै गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण