भारतमा कोरोनाः लगातार चौथो दिन चार लाख बढी संक्रमित भेटिए; ४,०९१ को गयो ज्यान, रेकर्ड ३.८६ निको पनि भए
भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । नयाँ संक्रमितसँगै मृत्युको बढ्दो आँकडा पनि चिन्ताको विषय बनेको छ । शनिबार भारतमा ४,०९१ कोरोना संक्रमितको ज्यान गएको छ । यद्यपि, राहतको कुरा के छ भने पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार २०७ जनाले कोरोना जितेका छन् । यो एकदिन निको हुनेहरुको सबैभन्दा ठूलो आँकडा हो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल देखिएका संक्रमितः ४.०३ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,०९१
पछिल्लो २४ घण्टामा निको भएकाः ३.८६ लाख
हालसम्म कूल संक्रमित भइसकेकाः २.२२ करोड
हालसम्म निको भएकाः १.८३ करोड
हालसम्म कूल मृत्युः २.३४ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.३२ लाख
लगातार आठौं दिन ३ लाखभन्दा बढी बिरामी निको भएः
निको हुने बिरामीको कुरा गर्नुपर्दा भारतमा १ मेदेखि लगातार ३ लाखभन्दा बढी बिरामी निको भइरहेका छन् । कोभिड१९इन्डिया डट ओआरजीको आँकडा अनुसार १ मेदेखि ३.०८ लाख, २ मेमा ३ लाख, ३ मे मा ३.१८ लाख, ४ मा ३.३७ लाख, ५ मेमा ३.३० लाख, ६ मेमा ३.२८ लाख, ७ मेमा ३.२७ लाख र ८ मेमा रेकर्ड ३.८६ लाख बिरामी निको भएका छन् ।
१५ राज्यमा लकडाउन जस्तो प्रतिबन्धः
भारतका १५ राज्यमा पूर्ण लकडाउन जस्तो प्रतिबन्ध छ । यसमा हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड, छत्तीसगढ, ओडिशा, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, केरल र मिजोरम समावेश छन् । यहाँ अघिल्लो वर्ष कोरोना महामारीका बेला जस्तै कडा प्रतिबन्ध लगाइएको छ ।
यस्तै १६ राज्य÷केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन लागू गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण