अफगानिस्तानमा हमलामा मर्नेको संख्या ५८ पुग्यो
एजेन्सी । अफगानिस्तानमा शान्ति कायम गर्नका लागि सरकार र तालिबानबीच वार्ता चलिरहेको छ । तर, यसका बाबजुद आतंककारी हमला रोकिएको छैन । राजधानी काबुलको पश्चिम हिस्सामा एक गल्र्स स्कुल बाहिर शनिबार राति भएको विस्फोटमा मर्नेहरुको संख्या ५८ पुगेको अफगानी अधिकारीहरुले आइतबार दिएका छन् । यस हमलामा कम्तिमा १ सय ५० जना घाइते छन् ।
अफगान सरकारका प्रवक्ता तारिक अरियानका अनुसार घाइतेमध्ये अधिकांश विद्यार्थी छन् । स्कुल छुट्टी भएर छात्राहरु निस्किरहेका बेला हमला भएको थियो । अहिलेसम्म यस हमलाको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । अमेरिकाले सेप्टेम्बर ११ सम्म आफ्नो सेना फर्काइसक्ने योजना सार्वजनिक गरिसकेको संक्रमणकालीन समयमा काबुलमा यस्तो भयावह स्थिति सिर्जना भएको हो । अफगानी राष्ट्रपति असरफ घानीले विज्ञप्ति जारी गर्दै यस हमलाको निन्दा गरेका छन् । उनले तालिवानमाथि हमलाको आरोप लगाएपनि कुनै प्रमाण भने पेस गर्न सकेनन् । यता, तालिवानले पनि घटनाको निन्दा गरेको छ । उसले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण