नेपाली युवा उद्यमी फोरमको अध्यक्षमा कर्माचार्य चयन, कोरोना महामारी बिरुद्ध एक हुन सबै युवा उद्यमीलाई आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भातृ संगठन ‘नेपाली युवा उद्यमी फोरम’ काठमाडौं च्याप्टरको चौंथो साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ । कोभिड १९ महामारीका कारण भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले नीरज कर्माचार्यलाई अध्यक्षमा चयन गरेको छ ।
यसैगरी, सभाले प्रथम उपाध्यक्षमा चिराग गोयल र दोस्रो उपाध्यक्षमा प्रार्थना साखालाई चयन गरेको छ । फोरमको कार्यकारी समिति सदस्यमा अभिमन्यु गोल्छा, आप्पा शेर्पा, क्षितिज तामाङ, दिपिका श्रेष्ठ, इच्छा मल्ल, रसना श्रेष्ठ र सुबिन श्रेष्ट चयन भएका छन् ।
कोरोना महामारी बिरुद्ध एक हुन सबै युवा उद्यमीलाई फोरमका नवनियुक्त अध्यक्ष नीरज कर्माचार्यले आग्रह गरे । कोरोनाको महामारीले निम्त्याएको यस कठिन परिस्थितीमा सबै युवा उद्यमीहरु एक हुँदै एकअर्कालाई साथ दिन आवश्यक भएको नवनियुक्त अध्यक्ष कर्माचार्यले बताए । उनले आगामि ४ वर्षमा उद्यमशीलताका ४ प्रमुख क्षेत्रहरुमा केन्द्रित हुने पनि बताए ।
फोरमका नवनियुक्त प्रथम उपाध्यक्ष चिराग गोयलले युवाहरु एक भएमा जे पनि सम्भव हुने भएकाले मुलुकमा देखिएको अहिलेको कठिन परिस्थितीमा हातेमालो गर्न सवै युवा उद्यमीहरुलाई आग्रह गरे ।
नेपाली युवा उद्यमी फोरममा हाल ८० जना सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण