पाँच दिनमा पहिलो पटक ४ लाखभन्दा कम संक्रमित भेटिए, ३.५३ लाख बिरामी निको भए
भारतमा कोरोनाको दोस्रो लहरका बीच सोमबार राहतको खबर आएको छ । नयाँ बिरामीको संख्या ५ दिनमा पहिलो पटक ४ लाखभन्दा कम आएको छ । पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ६६ हजार ३१७ व्यक्तिमा कोरोना पुष्टि भएको छ । ३ लाख ५३ हजार ५८० मानिस निको भए जबकी ३,७४७ बिरामीले ज्यान गुमाए । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ८,९०७ को वृद्धि भयो । यो पछिल्लो ५५ दिनमा सबैभन्दा कम संख्या हो । यसअघि १५ मार्चमा ४,१०३ सक्रिय संक्रमित भेटिएका थिए ।
देशमा कोरोना महामारी आँकडामाः
– पछिल्लो २४ घण्टामा कूल भेटिएका संक्रमितः ३.६६ लाख
– पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,७४७
– पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५३ लाख
– हालसम्म संक्रमित भएकाः २.२६ करोड
– हालसम्म निको भएकाः १.८६ करोड
– हालसम्मको कूल मृत्युः २.४६ लाख
– हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.४१ लाख
भारतका १८ राज्यमा लकडाउनजस्तो प्रतिबन्ध लागू गरिएको छ । यस्तै १४ राज्य केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण