शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पाँच दिनमा पहिलो पटक ४ लाखभन्दा कम संक्रमित भेटिए, ३.५३ लाख बिरामी निको भए

सोमबार, २७ वैशाख २०७८, १० : ४८
सोमबार, २७ वैशाख २०७८

भारतमा कोरोनाको दोस्रो लहरका बीच सोमबार राहतको खबर आएको छ । नयाँ बिरामीको संख्या ५ दिनमा पहिलो पटक ४ लाखभन्दा कम आएको छ । पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ६६ हजार ३१७ व्यक्तिमा कोरोना पुष्टि भएको छ । ३ लाख ५३ हजार ५८० मानिस निको भए जबकी ३,७४७ बिरामीले ज्यान गुमाए । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा ८,९०७ को वृद्धि भयो । यो पछिल्लो ५५ दिनमा सबैभन्दा कम संख्या हो । यसअघि १५ मार्चमा ४,१०३ सक्रिय संक्रमित भेटिएका थिए ।

देशमा कोरोना महामारी आँकडामाः

– पछिल्लो २४ घण्टामा कूल भेटिएका संक्रमितः ३.६६ लाख

– पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,७४७

– पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५३ लाख

– हालसम्म संक्रमित भएकाः २.२६ करोड

– हालसम्म निको भएकाः १.८६ करोड

– हालसम्मको कूल मृत्युः २.४६ लाख

– हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.४१ लाख


भारतका १८ राज्यमा लकडाउनजस्तो प्रतिबन्ध लागू गरिएको छ । यस्तै १४ राज्य केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप