भारतमा नयाँ संक्रमितमा पुनः बढोत्तरी, २४ घण्टामा ३.६२ लाख बिरामी भेटिए; लगातार दोस्रो दिन ४ हजारभन्दा बढी मृत्यु
भारतमा कोरोना संक्रमितको संख्यामा पछिल्लो २४ घण्टामा साधारण वृद्धि देखिएको छ । बुधबार ३ लाख ६२ हजार ६३२ नयाँ बिरामीको पहिचान भयो, ३ लाख ५२ हजार ५ जना निको पनि भए । पछिल्लो दुई दिनदेखि ३.५० लाखभन्दा कम संक्रमित भेटिएका थिए र यो भन्दा धेरै बिरामी निको भइरहेका थिए । पछिल्लो २४ घण्टामा भारतमा ४,१२८ जनाको मृत्यु पनि भएको छ । कोरोनाका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको यो दोस्रो दिन हो ।
भारतमा यो महामारीको चपेटमा हालसम्म २.३७ करोड मानिस आइसकेका छन् । यसै गरी कूल १.९७ करोड मानिस निको भइसकेका छन् । पछिल्ला केही दिनदेखि दैनिक ३ लाखभन्दा बढी मानिस दैनिक निको भइरहेका छन् । त्यसैले आज यो आँकडा २ करोड पार भएको छ । हाल कूल ३७.०६ लाख मानिसको उपचार चलिरहेको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल देखिएका नयाँ संक्रमितः ३.६२ लाख
पछिल्लो २४ घण्टा कूल मृत्युः ४,१२८
पछिल्लो २४ घण्टामा कूल निको भएका बिरामीः ३.५२ लाख
हालसम्म कूल संक्रमित भइसकेकाः २.३७ करोड
हालसम्म निको भइसकेकाः १.९७ करोड
हालसम्म कूल मृत्युः २.५७ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.२२ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण