कार किन्नका लागि आमा–बाबुले बच्चा बेचे
संसारमा आमाले जति माया कसले गर्ला ? तर, भारतको कन्नौजस्थित तिर्वा कोतवाली क्षेत्रको सतौरा गाउँमा एकजोडीले आमा–बाबुकै परिभाषामा कलंक पोतेका छन् । कार किन्नका लागि यी आमा–बाबुले आफ्ना तीन महिनाको नवजातु शिशुलाई बेचे । प्रहरीले गाउँमा पुगेर आमा र बाबुसँग सोधपुछ गरेपछि उनीहरुले अपराध स्विकारे । अहिले सतौरा गाउँमा यो घटना चर्चाको विषय बनेको छ ।
यसरी बाहिर आयो घटना
गुरसहायगन्ज निवासी हजुरआमाले फोन गरेर सोध्दा उनकी छोरीले नातिका विषयमा कुनै जवाफ दिइनन् । जबकी, तीन महिना पहिले उनले शिशुलाई जन्म दिएकी थिइन् ।
त्यसपछि शंका लागेर हजुरआमाले गाउँमा गएर नातिबारे सोधपुछ गरिन् । त्यसपछि उनलाई थाहा भयो कि आफ्ना ज्वाइँ र छोरीले डेढ लाख रुपैयाँमा एक व्यापारीलाई शिशु बेचेका छन् । उनीहरुले शिशुलाई बेचेपछि कार किनेको पनि हजुरआमाले पत्ता पाइन् । उनीहरुले गुरसहायगन्जकै एक व्यापारीलाई बच्चा बेचेका थिए । यो घटनाबारे जानकारी पाएपछि हजुरआमाले पुलिसमा रिपोर्ट गर्ने भन्दै बच्चा फिर्ता ल्याउन दबाब दिइन् ।
त्यसपछि आक्रोशित भएका ज्वाइँले उल्टै ज्यान मार्ने धम्की दिए । यस घटनापछि कोतवाली पुगेर हजुरआमाले आफ्नी छोरी र ज्वाँइविरुद्ध बच्चा बेचेको आरोपमा उजूरी गरिन् । यस घटनामा अनुसन्धान चलिरहेको र दोषी पक्षलाई कारबाही गरिने कोतवाली प्रभारीका प्रहरी निरीक्षक शैलेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण