भारतः २४ घण्टामा ३.४३ लाख संक्रमित भेटिए, ३.४४ लाख निको भए
भारतमा कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमितको पहिचान भएको छ जबकी ३ लाख ४४ हजार ५७० निको भएका छन् र ३,९७७ बिरामीको मृत्यु भएको छ । मे महिनामा नयाँ बिरामीभन्दा निको हुने संख्या धेरै भएको यो तेस्रो पटक हो । चार दिन अघि १० मेमा ३.२९ लाख संक्रमित भेटिएका थिए र ३.५५ लाख संक्रमित निको भएका थिए । त्यसको भोलिपल्ट ११ मे मा ३.४८ लाख नयाँ बिरामीको तुलनामा ३.५५ लाख संक्रमित निको भएका थिए ।
कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै सक्रिय संक्रमित अर्थात्, उपचार गराइरहेका बिरामीको संख्या ९ मेमा ३७.४१ लाख थियो जुन अब घटेर ३७ लाख भएको छ । बिहिबार यसमा ५,७५३ को कमी आयो । भारतमा निको भइसकेका कोरोना बिरामीको संख्या २ करोडभन्दा बढी भएको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.४२ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,९९७
पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३,४४,५७०
हालसम्म कूल संक्रमित भएकाः २.४० करोड
हालसम्म निको भएकाः २ करोड
हालसम्म कूल मृत्युः २.६२ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण