बङ्गलादेशमा मे २३ सम्म लकडाउन विस्तार
एजेन्सी । बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लाई मे २३ सम्म विस्तार गरेको छ । बंगलादेशको मन्त्रिपरिषद् कार्यालयले आइतबार एक परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो ।
दोस्रो लहरको कोभिड–१९ विरूद्ध लड्न बङ्गलादेशले पहिलो पटक अप्रिल १४ देखि अप्रिल २१ सम्म बन्दाबन्दी घोषणा गरेको थियो । आठ दिनको बन्दाबन्दीलाई विभिन्न चरण गरी मे १६ अर्थात् आइतबारसम्म विस्तार गरिएको थियो । पछिल्लो परिपत्र अनुसार राजस्व सङ्कलनसम्बन्धी कार्यालय र संस्थालाई लकडाउनको दायरामा राखिएको छैन । यस अवधिमा होटल र रेष्टुरेण्टहरूले उक्त अवधिमा आफ्ना सेवालाई ग्राहकसम्म पु¥याउन वा अनलाइन सेवाहरू प्रदान गर्न पाउने छन् ।
मार्चदेखि फैलिएको कोभिड–को दोस्रो लहरका कारण सङ्क्रमण दरमा थप वृद्धि देखिएपछि शनिबार रातिदेखि बङ्गलादेशले सबै माध्यमिक र उच्च माध्यमिक शिक्षा संस्थानहरू बन्द गर्ने निर्णय गरेको छ । देशको स्वास्थ्य सेवा महानिर्देशालयका अनुसार कोभिडका कारण पछिल्लो २४ घण्टामा ३६३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने २५ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा १२ हजार १४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमित सङ्ख्या सात लाख ८० हजारभन्दा बढी पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण