आइतबार भारतमा भेटिए २७ दिन पछिकै सबैभन्दा कम संक्रमित
भारतमा कोरोना संक्रमणको दरमा लगातार कमी देख्न पाइएको छ । आइतबार भारतमा २ लाख ८१ हजार ६८३ व्यक्तिमा कोरोना पुष्टि भयो । २७ दिनमा आइतबार पहिलो पटक ३ लाखभन्दा कम नयाँ संक्रमितको पहिचान भएको हो । यसअघि २० अप्रिलमा कोरोनाका २.९४ लाख नयाँ संक्रमित देखिएका थिए ।
यद्यपि, कोरोनाका कारण ज्यान गुमाउनेको आँकडामा भने खासै कमी आएको छैन । पछिल्लो २४ घण्टामा यहाँ ४,०९२ जनाको मृत्यु भएको छ । राहतको कुरा के छ भने यतिबेला ३ लाख ७९ हजार ३८८ व्यक्तिले कोरोना जिते पनि । यो एक दिनमा निको हुने दोस्रो सर्वाधिक आँकडा हो । यसअघि ८ मार्चमा ३.८६ लाख व्यक्ति कोरोनाद्वारा निको भएका थिए ।
यसै गरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका व्यक्तिको आँकडामा रेकर्ड एक लाख ८४६ को कमी भएको छ । यो देशमा महामारीको सुरुवातपछि सक्रिय संक्रमितमा भएको सबैभन्दा ठूलो गिरावट हो । हाल भारतमा ३५ लाख १२ हजार ६६० कोरोना संक्रमितको उपचार चलिरहेको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः २.८१ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,०९२
पछिल्लो २४ घण्टामा निको भएकाः ३.७८ लाख
हालसम्मका कूल संक्रमितः २.४९ करोड
हालसम्म निको भएकाः २.११ करोड
हालसम्म कूल मृत्युः २.७४ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३५.१२ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण