वाग्मती प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन
वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ । गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र १० जोड्ने सुकेधारा धोबीखोला पुल, भक्तपुरको मजुवा खोला पुल, महादेव खोलामा निर्माण भएका दुई पुल, चितवनको दाद्रेनी खोला पुल, भवानीपुर खोला पुल, धादिङको पलङ्खु खोला पुल ढुङ्गे खहरे कल्भर्ट पुल, सिन्धुपाल्चोकको मेलम्ची पुल र याम्बालिङ खोलाको झोलुङ्गे पुलको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।
भिडियो कन्फरेन्समार्फत संयुक्त उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार निरन्तर काममा रहेको बताए । उनले यसअघि ३२ पुलको उद्घाटन भइसकेको जनाउँदै केही महिनाभित्र अन्य ठूला पुलको निर्माण सम्पन्न हुने जानकारी दिए । पौडेलले विगतमा विकट भनिएका ठाउँमा बाटो र पुल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिए ।
“हामी विकास निर्माणका काममा तल्लीन छौँ, तर अहिले महामारीका कारण हामीले हाम्रो सारा शक्ति कोभिडको महामारीलाई नियन्त्रण गर्नेतर्फ लगाएका छौँ”, पौडेलले भने । महामारी नियन्त्रणमा आएपछि फेरि विकास निर्माणको कामलाई तीव्रता दिने उनको भनाइ थियो ।
उद्घाटन कार्यक्रममा आफ्ना भनाइ राख्दै भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सरकार प्रदेशको आमूल परिवर्तनको दिशामा अगाडि बढेको बताए । “राजनेता प्रधानमन्त्री केपी शर्मा ओलीको सपना र विकास प्रेमी नेता डोरमणि पौडेलको योजनामा प्रदेशलाई विकसित प्रदेशमा रुपान्तरण गर्ने योजनामा हामी अगाडि बढेका छौँ” उनले भने ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव डा मुकुन्द पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बराल लगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण