गण्डकीका नवनियुक्त मन्त्री लम्सालद्वारा पदभार ग्रहण
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री विकास लम्सालले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार दिउँसो विना विभागीय मन्त्रीमा नियुक्त गरेपछि साँझ मन्त्रालयको जिम्मेवारी पाएका लम्सालले आज पदभार ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले बुधबार लम्साल लगायतका अन्य ४ जना मन्त्रीलाई शुरुमा विना विभागीय मन्त्रीका रुपमा सपथ गराएका थिए । साँझ पुनः सबै मन्त्रीहरुको कार्यविभाजन गरी मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए । लम्सालले पुरानै पर्यटन,उद्योग, वाणिज्य तथा वाणिज्य आपूर्ति, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
पदबहाली गर्दै उनले प्रकृतिमा आधारित वर्षाको पानीलाई सञ्चय गरी ग्राउण्ड रिचार्ज बढाउने, जीविकोपार्जनमा सहयोग पुर्याउने, वन डढेलो नियन्त्रण गर्ने, पानीको अभावमा हुने मानव र वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरण गर्ने । त्यसैगरी भू–संरक्षण मार्फत उत्पादन वृद्धि गर्ने, नेपाली समाजलाई जलवायु अनुकूलित बनाउनका लागि गण्डकी प्रदेशमा ‘एक सामुदायिक वन एक पोखरी तथा एक वडा एक वन वाटिका’ निर्माण गर्ने । त्यसैगरी ‘एक स्थानीय तह एक हरित उद्यान’ निर्माण गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाउने गरी पदभार ग्रहणको पहिलो निर्णयका रुपमा मन्त्री लम्सालले फाइल सदर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण