गण्डकीमा भयावह बन्दै कोरोना संक्रमण : एक सातामा २३२ जनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्य भएको छ । स्वास्थ समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचाररत २१ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बताए ।
उनका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीका ७, नवलपरासी पूर्वमा ५, स्याङजा ४, गोरखा २, बागलुङ २ र तनहुँका १ जना रहेका छन् । गण्डकी प्रदेशमा बुधबार प्रदेशमा अहिलेसम्मकै धेरै ३० जनाको मृत्यु भएको थियो । प्रदेशमा एक हप्तामा थप २३२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । बैशाख २४ गते ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी २५ गते प्रदेशमा ३ जनाको मात्र मृत्यु भएको थियो । बैशाख २६ मा १२ जना, बैशाख २७ मा १३ जनाको मृत्यु भएको थियो ।
त्यसैगरी बैशाख २८ मा १२ जनाको मृत्यु भएको थियो । २९ गते १६ जनाको मृत्यु भएको थियो । त्यसैगरी बैशाख ३० मा १४ जना र ३१ मा मृतकको संख्या बढेर २३ पुगेको थियो । त्यसैगरी जेठ १ मा मृतकको संख्या घटेर १४ जनामा झरेको थियो ।
त्यसैगरी जेठ २ मा संख्या बृद्धि भएर मृतकको संख्या २८ पुग्यो । जेठ ३ मा गण्डकी प्रदेशमा २४ जनाको मृत्यु भएको थियो । त्यसैगरी जेठ ४ गते १५ जनाको मृत्यु भएको थियो । जेठ ५ गते प्रदेशमै अहिलेसम्मको धेरै ३० जनाको मृत्यु भयो । त्यसैगरी जेठ ६ गते अर्थात आज २१ जनाको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कलाई मूल्याङकन गर्दा प्रदेशमा क्रमश कोरोनाका कारण मृत्यु हुनेको संख्या बृद्धि हुँदै गएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ४७३ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण