गण्डकीमा थप १ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा थप १ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको मनाङ बाहेकका १० जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा पछिल्लो २४ घण्टामा १ हजार ३७२ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार प्रदेशमा ३ हजार २७७ जनाको नमुना परीक्षण गरिएकोमा थप १ हजार ३७२ जना संक्रमित भेटिएको हो । पछिल्लो २४ घण्टामा कास्कीमा ३५३, स्याङ्जा ६११, बाग्लुङका ९, पर्वत १८, म्याग्दी २१ जना, मुस्ताङका १, तनहुँ ९३, गोरखा १५६, लमजुङ १६ र नवलपुरका ९४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२ हजार ६० पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या २१ हजार ३९८ पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण