भारतमा एक दिनमा साढे २ लाख सङ्क्रमित, ४ हजारको मृत्यु
शनिबार, ०८ जेठ २०७८, १५ : ३५
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन् ।
भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्यांक छ । ती मध्ये २९ लाख २३ हजार ४०० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । तर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण