गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचाररत प्रदेशका ५ जिल्लाका २१ जनाको मृत्यु भएको हो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनकाअनुसार कास्कीमा १२, स्याङजा ६, तनहुँ १, पर्वत १ र म्याग्दीमा १ जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा रुपन्देहीको बुटवल–३ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यसैगरी पोखरा–९ की ८५ वर्षीय महिला, पोखरा–४ की ८३ वर्षीय महिला, पोखरा–१ की ३० वर्षीय महिला,पोखरा–१४ की ७० वर्षीय महिला, पोखरा–६ की ६८ वर्षीय महिला, पोखरा–१० की ६१ वर्षीय महिला, पोखरा–१७ का ३४ वर्षीय पुरुष,पोखरा–२ का ५४ वर्षीय पुरुष, पोखरा–२५ का ४० वर्षीय पुरुष, पोखरा–३२ का ६४ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी स्याङजा हरिनास–१ की ९३ वर्षीय महिला, स्याङजा पुतलीबजार–१ की ७२ वर्षीय महिला, बिरुवा–७ की ६० वर्षीय महिला, वालिङ–९ का ५६ वर्षीय पुरुष, पुतलीबजार–१४ का ५३ वर्षीय पुरुष, स्याङजाकै हरिनास –२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै पर्वत जलजला–४ का ३९ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–८ की ५८ वर्षीय महिलाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी तनहुँको घिरिङ–३ का ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण ५१४ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण