दिल्लीमा पुनः बढ्यो लकडाउनः केजरीवालले भने, ‘युद्ध अझै बाँकी छ’
देशको राजधानी दिल्लीमा कोरोनाका नयाँ संक्रमितको दर कम भएको छ । यस्तै, घट्दो संक्रमण दरका बीच लकडाउन बढाउने वा समाप्त गर्ने संशय अब समाप्त भएको छ । आइतबार केजरीवाल सरकारले एकपटक पुनः लकडाउन बढाउँदै यसलाई एक हप्ता थप लागू गर्ने आदेश दिएका छन् । यस्तोमा अब दिल्लीमा ३१ मेसम्म प्रतिबन्ध जारी रहनेछ ।
मुख्यमन्त्रीले संक्रमित घट्ने सिलसिला जारी रहे र स्थितिमा सुधार आए ३१ मेदेखि अनलकको प्रतिक्रिया सुरु गर्ने बताएका छन् । १८ अप्रिलदेखि दिल्लीमा सुरु भएको लकडाउन २४ मेमा समाप्त हुँदै थियो तर यसअघि नै मुख्यमन्त्रीले यसलाई एक हप्ता थप बढाउने घोषणा गरेका छन् ।
कोरोना के ख़िलाफ़ दिल्लीवासियों की कोशिशों से स्थिति बेहतर हो रही है, हमें इसी तरह अनुशासित रहना है | Press Conference | LIVE https://t.co/jSIrwjVQpL
— Arvind Kejriwal (@ArvindKejriwal) May 23, 2021
आइतबार पत्रकार सम्मेलनमा केजरीवालले एक महिनामा दिल्लीको अनुशासनका कारण कोरोनाको लहर कमजोर भइरहेको बताएका छन् । उनले भने, ‘अप्रिलमा संक्रमण दर ३७ प्रतिशत पुगेको थियो, आज मानिसहरु कम संक्रमित भइरहेका छन् । पछिल्लो २४ घण्टामा १६०० नयाँ संक्रमित भेटिएका छन् ।’
भ्याक्सिनको कमीः
केजरीवालले भ्याक्सिनको कमीको विषयमा पनि कुरा गरेका छन् । उनले भ्याक्सिनको अत्यधिक कमी भएको तर भ्याक्सिनको समस्या सबैजना मिलेर समाधान गर्ने बताएका छन् । उनले भने, ‘युद्ध अझै बाँकी छ । अहिले पनि एक हजारभन्दा बढी केस आइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण