बागमती प्रदेशसभाको ८ औं अधिवेशन आह्वान
मकवानपुर । बागमती प्रदेशसभाको ८ औं अधिवेशन बैठक जेठ १६ गतेका लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ को बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बागमती प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ । बागमती प्रदेशसभाको ७ औं अधिवेशन बैठक गत बैशाख ९ गते अन्त्य गरिएको बागमती प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण