पाँचौँ दिनमा रोकियो भूकम्पको धक्का
लमजुङमा पाँचौ दिनमा भूकम्पको धक्का रोकिएपछि मर्स्याङ्दी गाउँपालिकाका वासिन्दा सुरक्षित भएको महशुस गरेका छन् । जिल्लाको भुलभुले केन्द्रविन्दु बनाएर गत बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गए यता पटकपटक गरी शनिबार साँझ ६ बजेर १८ मिनेटसम्म नै धक्का गएपनि त्यसयता कुनै धक्का महशुस गरिएको छैन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विस्तारै भूकम्पको परकम्प हराउँदै जाने जनाएको छ । जिल्लामा बुधबारदेखि शनिबारसम्मको अवधिमा १०० वटा सानाठूला भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विद् मुकुन्द भट्टराईले जानकारी दिए । त्यस्तै, चार रेक्टर भन्दा माथिका ६ वटा र सोभन्दा कमका ९४ वटा भूकम्प गएको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा अन्तिम पल्ट शनिबार साँझ ६ बजेर १८ मिनेट जाँदा २ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता कुनै पनि भूकम्पको धक्का भने जिल्लावासीले गरेका छैनन् ।
बुधबार बिहान गएको भूकम्पले मानवीयदेखि भौतिक संरचनामा क्षति पुगेको छ । जिल्लाका स्थानीयहरु पटकपटक दिनरात नै भूकम्पको धक्का गएपछि त्रसित भएका थिए । पटकपटक आएको भूकम्पको धक्काले कुनैपनि बेला ज्यान जाने हो कि भनेर शनिबारसम्म स्थानीयवासी त्रसित भएर बस्न बाध्य भएपनि आज बिहानैबाट कुनै धक्का महसुश गर्न नपरेपछि अब भने केही हुँदैन भनेर खुशी भएका छन् ।
स्थानीय वासिन्दा बुधबार रातिदेखि घर बाहिर सुत्न बाध्य थिए । रातिको समयमा समेत शुक्रबार रातिसम्म जिल्लामा पटकपटक भूकम्पको परकम्पन गएको थियो । जिल्लामा चार दिन र तीन रात पटक पटक भूकम्पको धक्का महशुस भइरहेको थियो ।
जिल्लामा सो भूकम्प जाँदा २०८ घर पूर्ण क्षति र २०० घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनका अनुसार जिल्लाका ६ जना घाइते भएका थिए । भूकम्प पीडितलाई तत्कालका लागि प्रशासनबाट केही राहत सामग्रीहरु पनि वितरण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण