गण्डकीमा थप ७४४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, १० जेठ २०७८, १७ : ३२

पोखरा । गण्डकी प्रदेशमा थप ७४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामा भेटिएका ७४४ संक्रमित मध्ये ३३० महिला र ४१४ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा २६३, नवलपरासी पूर्व १३३, तनहुँ १०४, स्याङजा ८८, बागलुङ २१, म्याग्दी ३८, पर्वत ५९, गोरखा ११, लमजुङ २३, मनाङमा २ र मुस्ताङ २ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५ हजार ३२६ जना पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी
-
एपीएफ–थ्री स्टार विवाद दुई वर्षपछि अपिल कमिटीले सुल्झायो