गण्डकीमा थप ७४४ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, १० जेठ २०७८, १७ : ३२
पोखरा । गण्डकी प्रदेशमा थप ७४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशका ११ जिल्लामा भेटिएका ७४४ संक्रमित मध्ये ३३० महिला र ४१४ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार कास्कीमा २६३, नवलपरासी पूर्व १३३, तनहुँ १०४, स्याङजा ८८, बागलुङ २१, म्याग्दी ३८, पर्वत ५९, गोरखा ११, लमजुङ २३, मनाङमा २ र मुस्ताङ २ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३५ हजार ३२६ जना पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण