भारतमा ४२ दिन पछिको सबैभन्दा कम संक्रमित फेला
भारतमा कोरोनाको दोस्रो लहर कमजोर हुँदै गइरहेको छ । सोमबार यहाँ १ लाख ९५ हजार ६८५ मानिसहरु संक्रमित भेटिए । यो आँकडा पछिल्लो ४२ दिनमा सबैभन्दा कम हो । यसअघि १३ अप्रिलमा १ लाख ८५ हजार ३०६ जना कोरोनाद्वारा पोजेटिभ पाइएका थिए ।
यद्यपि, मृत्युको आँकडा सरकार र मानिसका लागि चिन्ताको विषय बनेको छ । भारतमा सोमबार ३,४९६ व्यक्तिमा कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । साथै, यतिबेला ३ लाख २६ हजार ६७१ जनाले कोरोनालाई मात दिएका छन् । यसरी, उपचार गराइरहेका बिरामीको संख्यामा १ लाख ३४ हजार ५७२ को कमी रेकर्ड गरिएको छ ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः १.९५ लाख
पछिल्लो २४ घण्टामा निको भएकाः ३.२६ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,४९६
हालसम्म कूल संक्रमित भइसकेकाः २.६९ करोड
हालसम्म कूल मृत्युः ३.०७ लाख
हाल उपचार गराइरहेका बिरामीको कुल संख्याः २५.८१ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण