जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्वारा आफ्ना नागरिकलाई सुझाव
अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सोमबार सो सूचना जारी गरेको हो । लेभल–४ को स्वास्थ्य सम्बन्धी यात्रा सूचना जारी गर्दै कोभिड–१९ को अत्यन्तै खतरा भएको मुलुकका रुपमा जापान र श्रीलंकालाई पनि राखेको छ ।
त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा बताइएको छ । उक्त सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका लागि लेभल–४ को ट्राभल एड्भाइजरी जारी गरेको थियो । जसमा जापान र श्रीलंका भ्रमण नगर्न भनिएको छ ।
यसका लागि जापानको अन्तर्राष्ट्रिय विमान उडान अस्थायी रुपमा बन्द भएको कारण अमेरिका फर्कनु पर्ने नागरिकहरुले ती दुई देशका राजदूतावासमा सम्पर्क राख्न समेत भनेको छ । जापानमा जुलाई २३ मा ओलम्पिक हुने भनिएको छ । सो कार्यक्रमको करिब २ महिना अघिमात्र अमेरिकाले कोभिडका कारण समस्या भएको भन्दै आफ्ना नागरिकलाई सो सूचना जारी गरेको बताइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण