गण्डकीमा एकैदिन थपिए १ हजार ५४९ संक्रमित
पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३ हजार ३६८ जनाको नमुना परीक्षण गरिएकोमा १ हजार ५४९ जनामा कोरोना संक्रमण देखिएको हो । सोमबार प्रदेशमा ६९४ महिला र ८५५ जना पुरुषसहित १ हजार ५४९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार प्रदेशमा २४ घण्टामा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएका छन् । सोमबार कास्कीमा मात्र २२१ पुरुष र २१९ जना महिलासहित ४४० जनामा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी म्याग्दीमा ५१, स्याङ्जा २४०, बाग्लुङ २, पर्वत ९२, तनहुँ ६२, गोरखा २२३, लमजुङ २३९, नवलपुर १५६ र मुस्ताङमा ४४ जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३६ हजार ८७५ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या २५ हजार ६९७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण