संसारभरी कोरोनाका नयाँ संक्रमित र मृतकको संख्यामा कमी : डब्ल्यूएचओ
अघिल्लो हप्ता संसारभरी कोरोनाका नयाँ संक्रमित र मृत्युमा कमी देखिएको छ । यतिबेला संक्रमणका ४१ लाख नयाँ संक्रमित देखिए र ८४ हजारको मृत्यु भएको छ ।
पछिल्लो हप्ताको तुलना त्योभन्दा अघिल्लो हप्तासँग गर्दा नयाँ भेटिएका संक्रमितमा १४ प्रतिशत र मृत्यु दरमा २ प्रतिशतको कमी आएको छ ।
विश्व स्वास्थ्य संगठनको साप्ताहिक रिपोर्टका अनुसार यस हप्ता युरोपेली क्षेत्रमा नयाँ संक्रमित र मृत्युदरमा सबैभन्दा धेरै कमी देखिएको छ । त्यसपछि दक्षिण–पूर्व एशियामा पनि सुधार देखिएको छ ।
अमेरिकी, भूमध्यसागरीय, अफ्रिकी र पश्चिमी प्रशान्त क्षेत्रमा स्थिति लगभग अघिल्लो हप्ताजस्तै रह्यो । पश्चिमी प्रशान्त क्षेत्रमा मृत्युको आँकडामा सबैभन्दा धेरै वृद्धि देखिएको छ जबकी अन्य क्षेत्रमा सुधार आएको छ ।
अघिल्लो चार हप्तादेखि संसारभरीको स्थिति केही सुध्रिएको देखिएता पनि कोभिड मामिला र मृत्युको संख्या अहिले पनि अत्यधिक धेरै छ । साथै, थुप्रै देश यस्ता छन् जहाँ संक्रमितको संख्या र मृत्युमा बढोत्तरी देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण