संसारभरी कोरोनाका नयाँ संक्रमित र मृतकको संख्यामा कमी : डब्ल्यूएचओ

अघिल्लो हप्ता संसारभरी कोरोनाका नयाँ संक्रमित र मृत्युमा कमी देखिएको छ । यतिबेला संक्रमणका ४१ लाख नयाँ संक्रमित देखिए र ८४ हजारको मृत्यु भएको छ ।
पछिल्लो हप्ताको तुलना त्योभन्दा अघिल्लो हप्तासँग गर्दा नयाँ भेटिएका संक्रमितमा १४ प्रतिशत र मृत्यु दरमा २ प्रतिशतको कमी आएको छ ।
विश्व स्वास्थ्य संगठनको साप्ताहिक रिपोर्टका अनुसार यस हप्ता युरोपेली क्षेत्रमा नयाँ संक्रमित र मृत्युदरमा सबैभन्दा धेरै कमी देखिएको छ । त्यसपछि दक्षिण–पूर्व एशियामा पनि सुधार देखिएको छ ।
अमेरिकी, भूमध्यसागरीय, अफ्रिकी र पश्चिमी प्रशान्त क्षेत्रमा स्थिति लगभग अघिल्लो हप्ताजस्तै रह्यो । पश्चिमी प्रशान्त क्षेत्रमा मृत्युको आँकडामा सबैभन्दा धेरै वृद्धि देखिएको छ जबकी अन्य क्षेत्रमा सुधार आएको छ ।
अघिल्लो चार हप्तादेखि संसारभरीको स्थिति केही सुध्रिएको देखिएता पनि कोभिड मामिला र मृत्युको संख्या अहिले पनि अत्यधिक धेरै छ । साथै, थुप्रै देश यस्ता छन् जहाँ संक्रमितको संख्या र मृत्युमा बढोत्तरी देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?