बागमती प्रदेशसभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने

बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने भएको छ । बागमती प्रदेश सभाको अधिवेशन जेठ १६ गतेदेखि शुरु गर्न बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सहमत भएका हुन् । बिहीबार वागमती प्रदेशको प्रदेश सुशासन केन्द्र जावलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने र बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड– १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।
उनले भने– ‘संसद अधिवेशन चल्दैछ । त्यो अधिवेशन चलाउनको निमित्त कस्तो खालको तयारी गर्ने भनेर सर्वदलीय बैठकको आयोजना गरेको हो । सर्वदलीय बैठकले हाउस कसरी चलाउने, कोभिड – १९ को प्रकोप धेरै छ । कोभिड –१९ को बीचमा हाउस चलाउनुपर्ने बाध्यता हाम्रो छ ।
त्यसैले यसलाई कसरी सहज गर्ने र साथीहरूका बिचमा केही त्यस्ता छन् भने ती सबै कुरामा छलफल गरियो र सहज ढंगले १६ गतेदेखि हाउस चलाउने कुरामा हाम्रो आम सहमती भयो ।’ बैठकमा प्रदेशसभाको अधिवेशनलाई कसरी प्रभावकारी ढंगले सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको सहभागी नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?
-
फेवातालमा पर्यटक सवार डुङ्गा पल्टियो
-
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले गर्यो अनिश्चितकालीन आन्दोलनको घोषणा
-
अध्यक्ष प्रचण्ड र भाजपा नेता कोशियारीबिच भेटवार्ता