गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा ८०८ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ४९० जनाको नमुना परीक्षण गरिएकोमा थप ८०८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा शुक्रबार ४५० पुरुष र ३५८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
डा.शर्माका अनुसार कास्कीका २०९, म्याग्दी १२, स्याङ्जा ५१, बाग्लुङ १३२, पर्वत १३३, तनहुँ ५४, गोरखा ७७, लमजुङ ४, नवलपुर १३४, मनाङमा १ र मुस्ताङका १ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४० हजार ४९५ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या २८ हजार ५९६ पुगेको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६२४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण