प्रदेश २ सरकारका प्रवक्ता भन्छन्– हचुवाको भरमा ल्याइएको बजेटको औचित्य छैन
प्रदेश २ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले संघीय सरकारले ल्याएको बजेटको आलोचना गरेका छन् । उनले निर्वाचनलाई प्राथमिकतामा राखेर ल्याइएको बजेटबाट जनतामा भ्रम छर्न खोजिएको दावी गरे ।
चुनावी घोषणापत्रमा ५ हजार रुपैयाँ वृद्धभत्ता दिने उल्लेख गरेर बल्ल ४ हजार रुपैयाँ बनाइएको र त्यो पनि चुनाव घोषणा गरिएको अवस्थामा भोट तान्ने उद्देश्य बाहेक अरु केही नभएको उनको जिकिर छ । उनले बजेट दीर्घकालिन नभई हचुवाको भरमा ल्याइएको भन्दै त्यसको औचित्य नरहेको बताए ।
निर्वाचनलाई मध्यनजर गर्दै ल्याइएको बजेटलाई ओली सरकारले एमालेकरण गरि दुरुपयोग गर्ने चेष्टा गरेको समेत उनले प्रतिक्रिया दिए । उनले अध्यादेशबाट बजेट आएकोले निर्वाचनसम्ममा ६ महिने अवधि आफै समाप्त हुने बताए । उनले भने, ‘ बजेटमा केहि राम्रो गर्न खोजेको जस्तो देखिएपनि कामचलाउ सरकारको आयुमा समेत ग्रहण लागेको बेलामा अध्यादेश मार्फत बजेट आउनु दुःखद हो ।’ उनले देशलाई समृद्ध पार्ने नभई भोट बैंक बनाउनका लागि बजेट ल्याएको दावी समेत गरे ।
यसैगरी प्रा.डा. सुरेन्द्र लाभले निर्वाचनलाई मध्यनजर गर्दै लोक रिझाउने खालका बजेट आएको टिप्पणी गरे । संघीय सरकारले ल्याएको बजेट हेर्दा निर्वाचन हुन्छ भन्ने कुरामा ढुक्क देखिएको भन्दै उनले त्यसैले निर्वाचन हुनुपूर्व नै सरकारले सबैलाई खुसी पार्ने गरी बजेट ल्याएको बताए ।
आगामी निर्वाचनसम्म मात्र बजेटको आयु रहेकाले अध्यादेशबाट ल्याइने बजेटको आकार यति ठूलो हुन नहुने उनको भनाइ छ ।
सरकारको आयु अनिर्णित रहेको र अध्यादेशबाट बजेट ल्याइएको हुनाले बजेटको आयु ६ महिनामात्र उनले बताए । उनले भने, ‘त्यसैले आउने समयमा बजेट लागू हुन्छ वा हुँदैन भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ ।’
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले अध्यादेश मार्फत ल्याइएको बजेट अलोकतान्त्रिक र असंवैधानिक रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘अध्यादेश मार्फत आएको बजेट दीर्घकालिन होइन, निर्वाचनसम्ममा यो बजेट स्वतः खारेज हुने भएकाले यस बजेटको अर्थ खासै छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण