गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्कीमा ४,लमजुङ १, तनहुँ ४, नवलपरासी पूर्व ३ म्याग्दी १, स्याङजा २ र बागलुङमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–१ की ६७ वर्षीय महिला, पोखरा–११ का ३५ वर्षीय पुरुष, पोखरा–११ का ६० वर्षीय पुरुष, पोखरा–२९ का ८४ वर्षीय पुरुष, लमजुङ सुन्दरबजार–९ की ७० वर्षीय महिला, म्याग्दीको मंगला –१ का ३९ वर्षीय पुरुष, बागलुङको बागलुङ नगरपालिका– की २५ वर्षीय महिला, बागलुङ–२ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
त्यसैगरी तनहुँ शुक्ला गण्डकी ८ की ३५ वर्षीय महिला, शुक्लागण्डकी–८ का ६५ वर्षीय पुरुष, शुक्लागण्डकी–९ का ३२ वर्षीय पुरुष, ब्यास–७ की ४९ महिला, स्याङजा गल्याङ–२ का ४८ वर्षीय पुरुष, वालिङ–९ का ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
त्यस्तै नवलपरासी पूर्व गैडाकोट–१७ की ६० वर्षीय महिला, कावसोती–३ की ५६ वर्षीय महिला र कावसोती–८ का ४१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण